काठमाडौं, ८ माघ । बिपक्षी दलहरुको अवरोधका कारण संविधानसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
निर्धारित समयभन्दा साढे दुई घन्टा ढिलो सुरु संविधानसभाको बैठक प्रारम्भ हुनासाथ एनेकपा माओवादी, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, तराई–मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, सद्भावना पार्टी, सङ्घीय समाजवादी पार्टी नेपाल, तराई मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टीलगायतका सभासद्ले नाराबाजीलाई निरन्तरता दिएपछि बैठक स्थगित गरिएको हो ।
संविधानसभा बैठक सुरु हुनासाथ ‘संविधानसभालाई ब्यारेक बनाउन पाइँदैन, नियम मिच्न पाइँदैन’ भन्दै विपक्षी दलका सभासदहरुले लगातार नारा लगाएका थिए । एनेकपा माओवादीका पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईसहित दलका सभासद् पनि नाराबाजीमा व्यस्त थिए ।
संविधानसभाबाट आज संविधान निर्माण प्रक्रिया अगाडि बढाउन प्रश्नावली गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । गत मंगलबारदेखि उक्त प्रस्ताव पेस गर्ने प्रयास भए पनि विपक्षाी दलको निरन्तर अवरोधका कारण सफल हुन सकेको छैन ।
















प्रतिक्रिया