३० आश्विन २०८३, शुक्रबार

अपडेट : यस्तो छ संविधानसभाको पछिल्लो अवस्था

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Newकाठमाडौँ, ८ माघ । संविधानसभाको आजको बैठकमा नाराबाजी जारी छ ।

निर्धारित समयभन्दा साढे दुई घन्टा ढिलो सुरु संविधानसभाको बैठक प्रारम्भ हुनासाथ एनेकपा माओवादी, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, तराई–मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, सद्भावना पार्टी, सङ्घीय समाजवादी पार्टी नेपाल, तराई मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टीलगायतका सभासद्ले नाराबाजीलाई निरन्तरता दिएका हुन् ।

‘संविधानसभालाई ब्यारेक बनाउन पाइँदैन, नियम मिच्न पाइँदैन’ लगायत नारा लगाइरहेका छन् । एनेकपा माओवादीका पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईसहित ती दलका सभासद् पनि नाराबाजीमा व्यस्त छन् ।

प्रारम्भमा चर्को सुनिँदै आएको नाराबाजी क्रमशः मधुरो हुँदै गएको छ । सभाध्यक्ष नेम्वाङका साथै संविधानसभा–व्यवस्थापिका संसद् सचिवालयका महासचिव एवम् अन्य कर्मचारी नाराबाजी रोकिएला र प्रक्रिया प्रारम्भ गरौँला भन्ने सोचका साथ आ–आफ्ना आसनबाट उठेका छैनन् ।

BICC-Update

संविधानसभाको आजको बैठकमा संविधान निर्माण प्रक्रिया अगाडि बढाउन प्रश्नावली गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । गत मंगलबारदेखि उक्त प्रस्ताव पेस गर्ने प्रयास भए पनि ती दलको निरन्तर अवरोधका कारण सफल हुन सकेको छैन ।