नारायण पाण्डे
जापान । नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीले बाढिपीडितको लागि संकलन गरेको १ लाख ४३ हजार एक सय एक एेन एमालेको राहात कोषमा संकलन हुने गरी हस्तान्तरण गरेको छ ।
एमालेका केन्द्रिय सचिव तथा पूर्व पर्यटन मन्त्री पृथ्बी सुब्बा गुरूङ पार्टीको आन्तरिक कामको लागि जापान भ्रमणमा रहेको बेला मञ्चले एक कार्यक्रमको आयोजना गरी सो रकम हस्तानतरण गरेको हो ।
मञ्चद्वारा हालै टोकियोमा आयोजित अन्तरक्रिया तथा कार्यकर्ता भेला कार्यक्रममा नेता गुरुङले देशको समसामयिक राजनीतिक अवस्था र पार्टीको अन्तरिक गतिबिधिबारे जानकारी गराएका थिए । कार्यक्रममा एमाले सम्बद्ध कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो । मञ्चका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।














प्रतिक्रिया