२९ आश्विन २०८३, बिहिबार

प्रकृयामा गएर संबिधान जारी गर्न एनआरएनए अमेरिकाको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nrna

संविधान सभाबाट संविधान जारी हुने एक बर्षिय म्याद सकिदै गर्दा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाले नेपालका राजनीतिक दलहरुलाई प्रक्रियामा गएर संविधान जारी गर्न आग्रह गरेको छ ।

समितिले एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेको हो । ‘देशको संबिधानसँग हामी सबैको भबिश्य गाँसिएको हुनाले प्रकृयामा गएर संबिधान घोषणा गर्नको लागि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिती अमेरिका अपिल गर्दछ’, बिज्ञप्तीमा भनिएको छ । समितिका अध्यक्ष खगेन्द्र क्षेत्रीद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा प्रक्रियामा गएर संविधान जारि गरे देशले निकाश पाउने पनि उल्लेख छ ।