३० आश्विन २०८३, शुक्रबार

संविधानसभा भित्र १० स्थानमा खुर्सानीका धुलोका पोका भेटियो, सभासद्लाई कडा चेकजाँच

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संविधानसभा भवन भित्र १० स्थानमा खुर्सानीका धुलोका पोका भेटिएको छ । आज बिहान ११ बजेका लागि तोकिएको संविधानसभाको बैठक हुनुपूर्व सुरक्षाकर्मीको नियमित जाँचका क्रममा संविधानसभाभित्र १० स्थानमा खुर्सानीको धुलोका पोका भेटिएको हो । व्यवस्थापिका संसद्का प्रवक्ता मुकुन्द शर्माले खुर्सानीको धुलो कसरी र कहाँबाट आयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको र सभाभित्र यस्तो स्थिति देखिनु दुर्भाग्यपूर्ण भएको पत्रकारहरुलाई बताउनुभयो ।