२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मञ्च कतारद्वारा कारबाहिको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

katar logo1

कतार, ७ माघ । प्रवासी नेपाली मञ्च दोहा कतारले गत माघ ५  गते संविधानसभामा भएको घटनाप्रति प्रेस बिज्ञप्ती मार्फत घोर भड्सना गर्दै दोषिउपर कारवाहिको माग गरेको छ ।

संबिधानसभा भित्र एमालेका अध्यक्ष केपि ओलि, उपाध्यक्ष बिधा भण्डारी, सभामुख सुवास नेम्वाङ लगायतमाथि भएको संघातिक र सुनुयोजित हमलाको घोर भड्सना गर्दछौ’, प्रवासी नेपाली मंञ्च दोहा कतारका अध्यक्ष राम हरि गैह्रेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।

बिज्ञप्तीमा मर्यदापाकलहरुको सिघ्र स्वस्थलाभको कामना गर्दै घटनाको निश्पक्ष छानबिन गरी दोषी उपर कारबाहिको मागसमेत गरिएको छ । एमाओबादी, मधेसबादीलगायत बिपक्षी दलहरुले गरेको अबरोध र हिंसात्पक घटनाले लोकतन्त्रको खिल्ली उडाएको पनि बिज्ञप्तीमा उल्लखे छ ।

‘माघ ५ को उक्त घटनाले फेरी एक पटक नेपालिको शिर निहुरिएको छ’, बिज्ञप्तीमा उल्लेख छ –‘सहमति पनि नगर्ने, प्रक्रियामा पनि जान नदिई संबिधानसभालाई असफल बनाउने षड्यन्त्र रचिदै छ, यसको बिरुद्धमा प्रवासी नेपाली मञ्च दोहा कतार खबरदारी गर्न चाहन्छ ।’ मञ्चले बिबादित विषयहरुमा सहमती खोज्न र सहमती हुन नसकेका बिषयहरुलाई लोकतान्त्रिक विधि अनुसार प्रक्रियामा गई छिटो भन्दा छिटो संविधान निर्माणको काम अगाडि बढाउन आग्रहसमेत गरेको छ ।