२९ आश्विन २०८३, बिहिबार

यूएई एमालेद्वारा माओवादी र मधेशबादी सभाषद्को घोर भर्त्सना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uae-logo

उत्तम अधिकारी

दुबई । एनेकपा माओबादी र मधेशबादी दलका शभाषद्हरुले सोमबार राती संबिधानसभा भवन तोडफोड र एमाले अध्यक्ष केपी ओली माथिको आक्रमणको बिश्वभरबाट निन्दा र भर्त्सना भइरहेको छ । यसैबीच यूएईमा रहेको एमालेको भातृसंगठन प्रवासी नेपाली मञ्चले एक बिज्ञप्ती जारी गर्दै उक्त आक्रमणलाई कानूनी शासन बिरुद्धको नाङ्गो नाचको संज्ञा दिएको छ ।

लोकतान्त्रिक मुलुकमा बिरोध जनाउने र आफ्ना माग राख्ने अधिकार रहदा रहदै कसैमाथि आक्रमण गर्नु, सार्वजनिक सम्पत्ती तोडफोड गर्न कसैलाई छुट छैन’, मञ्चका अध्यक्ष प्रकाश कोइरालाद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा भनिएको छ –‘बिरोधको नाममा सम्मानित संबिधानसभा भित्र गरिएको तोडफोड र एमाले अध्यक्ष ओलीलाई लक्षित गरी गरिएको योजनाबद्ध आक्रमणको हामी घोर निन्दा र भड्सना गर्दछौं ।’

मञ्चले उक्त आक्रमण सुनियाजित तबरले भएको बताएको छ । जनताले आफ्नो मत मार्फत संबिधान र कानुन निर्माणको लागि सम्मानित संबिधानसभामा पठाएको सभासदले नै गैरजिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत भर्इ आतंक श्रीजना गरेर जनताको अपमान गरेको बिज्ञप्तीमा जनाईएको छ । संबिधानसभामा भएको उक्त घटनालाई उदण्ड, गैरजिम्मेवार र गैरकानूनी भन्दै मञ्चले उक्त घटनाको घोर बिरोध र भड्सना गरेको हो ।