माघ ४ गते साँझ शिर्ष नेताहरु र सभामुखले भन्नुभयो –‘अब भोली सबै कुरा मिल्छ ।’ हामी पुलकित भयौं । केही नेतालाई भेटेर भन्यौं –“बन्न लागेको समझदारी बिग्रन नदिनु होला।” माघ ५ गते दिउँसो नेताहरुले नै भन्नुभयो– “अब समझदारी हुनसक्दैन।”
“संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान” को अन्तरबस्तुको सन्दर्भमा मिल्न बाँकी रहेका विषय मध्ये पनि निर्वाचन प्रणाली, न्यायपालिका, शासकिय स्वरुपमा समझदारी बनिसकेको र संघियताको पनि सबै विषय मिलेको, केवल पाँच जिल्लालाई कुन प्रदेशमा राख्ने भन्ने विषय मात्र मिल्न र मिलाउन नसक्दा मुख्य दलहरुको समझदारी बन्न नसक्नु एकदमै दुखद विषय रह्यो । त्यसैगरी संविधानको अन्तरबस्तुमा अहिले नै सबै समझदारी बन्न नसके पनि संविधान निर्माणको काम अगाडि बढाउने सन्दर्भमा हामी आफैंले बनाएको नियम अनुसार चल्न एमाओवादी र मोर्चाले नमान्नु अर्को दुखद विषय रह्यो ।
जे होस् सोमबारको बैठकमा माओवादी मोर्चाले बैठक अवरोध गर्ने निर्णय गर्यो । त्यसमा पनि तर्क वितर्क गर्न सकिएला । तर संविधानसभाको अध्यक्षले बैठक स्थगित गरिसकेपछी, सभा भित्र जे भयो त्यसको भने कुनै पनि तर्कले पुष्टी हुन र गर्न सक्दैन। बैठक स्थगित गर्न लगाउने उहाँहरुको उदेश्य पूरा भइसकेपछि माओवादीका अग्रज नेताहरु नै संलग्न भएर जे ताण्डव प्रस्तुत भयो, त्यो अकस्मात भएको मान्नै सकिँदैन ।
यो सबैमा कसको के गुण वा दोष भन्ने बारेमा तर्क वितर्क गर्न सकिएला। जे होस् सोमबारको बैठकमा माओवादी मोर्चाले बैठक अवरोध गर्ने निर्णय गर्यो । त्यसमा पनि तर्क वितर्क गर्न सकिएला । तर संविधानसभाको अध्यक्षले बैठक स्थगित गरिसकेपछी, सभा भित्र जे भयो त्यसको भने कुनै पनि तर्कले पुष्टी हुन र गर्न सक्दैन। बैठक स्थगित गर्न लगाउने उहाँहरुको उदेश्य पूरा भइसकेपछि माओवादीका अग्रज नेताहरु नै संलग्न भएर जे ताण्डव प्रस्तुत भयो, त्यो अकस्मात भएको मान्नै सकिँदैन । यो नियोजित थियो । एकपटक फेरी माओवादीले हिंसाको साहरा लिएर आम नेपालीलाई त्रसित बनाउन खोजेको छ । बैठक स्थगित भइसकेपछि सभामा जे भयो त्यसको जति निन्दा गरेपनि पुग्दैन । यसको हिसावकिताव सचेत नेपालीले राख्नेछन् र ऐन मौकामा उपयुकक्त दण्ड पनि दिनेछन् । बाबुरामजीले सोमबार राती सभामा बोल्दै गर्दा भोल्त्यरलाई सम्झँदै भन्नुभयो –“I do not agree with what you have to say, but I’ll defend to the death your right to say I” तर उहाको भनाई सकिना साथ असहमति राख्न पाउने सबै मुखहरु जबरजस्ती बन्द गर्ने कामलाई उक्साहट गरेर नै बसिरहनु भयो ।
शायद उहाँहरु सबैलाई लागिरहेको थियो होला, हामी फेरि पनि तर्सनेछौं । तर सायद उहाँहरुले बिर्सनु भयो “FEAR” को दुई वटा अर्थ मध्ये “Forget Everything And Run” भन्ने भनाईलाई होईन आजको दिनमा आम नेपालिले “FEAR” को अर्थ यसरी लगाउछन “Face Everything And Rise” ।
अब के हुन्छ
अब संविधानसभाको बैठक सुरु हुन्छ । नेपालि कांग्रेसले संविधानसभालाई बन्धक बन्न त दिनै हुन्न तर यससँगै संविधानसभा भित्रको दलहरुको बिचमा समझदारीका निमित्त पनि निरन्तर प्रयत्न भने जारी नै राख्नुपर्छ ।
एउटा प्रस्तावको लागि म ठाउँ देख्छु निर्वाचन प्रणाली, न्यायपालिका र शासकिय स्वरुपको बिषयमा समझदारी गरेर आवश्यक प्रक्रिया पुर्याई मस्यौदा समितिमा पठाउने । संघियताको सन्दर्भमा नेपाली कांग्रेस र एमालेको सात प्रदेशको नक्सा र माओवादी मोर्चाको १० प्रदेशको नक्सा दुबैलाई मस्यौदाको रुपमा संविधानको अनुसुचिमा राख्ने । त्यो मस्यौदालाई सात दिनमा तयार गरेर जनतामाझ पुर्याउने । जनतासँग परामर्श गर्न दुई महिनाको समय राख्ने । एउटा कुरा हामीले स्वीकार्नुपर्छ कुन जिल्ला कुन प्रदेशमा राख्ने भन्ने विषय दल वा दलका नेताको मात्र विषय रहदैन । यो भिन्न–भिन्न समुदायसँग पनि जोडिएको छ । जनतासँग परामर्श गर्न पाउँदा एकातिर दलहरुको बिचमा समझदारीको लागि अन्तिम पटक प्रयास गर्ने समय प्राप्त हुन्छ भने संगै संविधानको स्वीकारोक्तिलाई फराकिलो बनाउने अवसर पनि मिल्दछ ।
माओवादी यो संविधानसभाबाट ‘संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को संविधान बनाउन प्रतिबद्ध हो भने यो प्रस्ताव मान्न कुनै अप्ठ्यारो नहुनु पर्ने हो । तर संविधानसभालाई तत्काल भंग गर्नु पर्ने अडान बोकेको बैद्य माओवादीसँग ढुँगा, मुडा गर्दै हिँडेको एमाओवादिलाई भने यस्तो कुनै पनि प्रस्तावमा रुचि नरहला ।(थापको फेसबुकबाट)













प्रतिक्रिया