१ कार्तिक २०८३, शनिबार

सभासद छोप्न जाँदा मर्यादापालकलाई रक्सी गन्हायो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Savasadकाठमाडौं, ७ माघ । संविधान बनाउन संविधानसभा पुगेका एकीकृत माओवादी र मधेसी मोर्चासहितका सभासदहरुले संविधानसभामा मंगलवार गरेको तोडफोड र आक्रमणको सर्वत्र आलोचना भएको छ ।

स्वदेश तथा विदेशमा रहेका नागरिकहरुले सामाजिक सञ्चाजलमार्फत गरेको टिप्पणीमा एकीकृत माओवादी र अन्य दलका सभासदहरु अझै जंगली स्वभाववाट मुक्त नभएको, आफूलाई मन नपरेपछि आक्रमण नै गरेर सिध्याउने शैलीमा लागेको टिप्पणी गरेका छन् ।

संविधानसभामा भएको घटनाका बारेमा कुनै कुनै टिप्पणी त लेख्न र भन्न पनि नसकिने गरी आक्रोश व्यक्ति गरिएको छ ।

मंगलवार विहान २ बजे संविधानसभामा भएको आक्रमण र तोडफोडका कारण संविधानसभा भवनको बैठक कक्ष रणभूमिमा परिणत भएको थियो ।

एकीकृत माओवादी र मधेसीवादी दलका सभासदहरुले गरेको कुर्सी, माइक र टेबुल तोडफोड पुनर्निमाण गर्न केही दिन लाग्ने भएकाले मंगलवार आफैले भाँचेको कुर्सी र टेबलमा हेर्दै सभासदहरु बसेका थिए ।

सचिवालयका अनुसार तोडफोडबाट ५० लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

कतिपय सभासदहरुले मादक पदार्थसमेत सेवन गरेको पाइएको मर्यादापालकहरुले बताएको समाचार नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

एक जना मर्यादापालक भन्दै थिए–सभाध्यक्षलाई आक्रमण गर्ने गरी जुत्ता फ्याक्ने र रोस्ट्रमै पुग्ने तथा अन्य केही सभासदलाई समाउन जाँदा मादक पदार्थ निकै गनाएको थियो ।

माननीयज्यूलाई हामीले केही भन्न पनि नमिल्ने के गने रु’ सचिवालय स्रोतका अनुसार कतिपय सभासदले महिला शौचालयको प्रयोग गरेर मादक पदार्थ सेवन गरेका थिए ।