१ कार्तिक २०८३, शनिबार

सचिव बनाउन कांग्रेस र एमालेमा विवाद भएपछि समिति गठन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simhadarbarकाठमाडौं, ७ माघ । सत्तारुढ दल कांग्रेस र एमालेबीच सचिव बढुवाका विषयमा विवाद भएको छ ।

विवाद बढेपछि सचिव छनोटका लागि चार सदस्यीय मन्त्रीस्तरीय कार्यदल गठन गरिएको छ ।

लोकसेवा आयोगकी अध्यक्ष डा कयोदेवी यमीको अध्यक्षतामा रहेको सचिव बढुवा समितिले एक साताअघि नै १६ सचिवका लागि ४२ सहसचिवको नाम सरकारलाई सिफारिस गरेको थियो ।

वरिष्ठताका आधारमा स्वतः सचिवमा बढुवा हुने तीनबाहेक अन्य १३ पदका लागि ३९ सहसचिवबाट कसलाई छनोट गर्ने भन्नेमा विवाद छ ।

सत्तारुढ दलबीच विवाद भएपछि सचिव छनोट प्रक्रिया लम्बिने भएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषदका् बैठकमा सचिव बढुवा गर्ने तयारी थियो । विवाद भएपछि सहमति खोज्न एमालेका दुई र कांग्रेसका दुई मन्त्री रहेको चार सदस्यीय कार्यदल बनाइएको छ ।

कार्यदलमा कांग्रेसका तर्फबाट सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल र कानुनमन्त्री नरहरि आचार्य तथा एमालेका तर्फबाट सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र स्वास्थ्यमन्त्री खगराज अधिकारी रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

आवश्यकभन्दा तेब्बर संख्यामा सहसचिवको सिफारिस हुने भएकाले सचिव बढुवामा चलखेल हुने गरेको सरकारका उच्च अधिकारीहरु बताउँछन् ।

यतिबेला सचिव बढुवाको सिफारिसमा परेकाहरु सचिव बन्नका लागि विभिन्न शक्तिकेन्द्रमा धाइरहेका छन् ।