काठमाडौँ, ६ माघ । नेपाल बन्दको प्रतिकारमा उत्रिएका युवाहरुलाई लेखेट्ने क्रममा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का छोरा प्रकाश दाहाल आफै कुटिएका छन् ।
काठमाडौंको माइतीघरमा बन्दकर्ता र बन्द विरोधीबीच भएको झडपमा प्रकाशले प्रहरीको लाठी खाएका हुन् ।
बन्दको बिरोधमा युवाहरुले ‘नेपाल खुल्ला छ’ भन्दै माइतीघरमा बन्दकर्ताको विरोध गरेका थिए । प्रकाशको नेतृत्वमा बन्दकर्ताहरु बन्द विरोधीलाई लखेट्न गएपछि झडपको अवस्था सिर्जना भएको थियो । प्रहरीको लाठीबाट प्रकाशको ढाडमा निलडाम छ । प्रहरीले प्रकाशमाथि दुई पटकसम्म लाठी बर्षाएको थियो ।

















प्रतिक्रिया