३० आश्विन २०८३, शुक्रबार

प्रचण्डमाथि ढुंगा प्रहार, माओवादी नेता शर्मा घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-kutpitjanardan-Sharma1

सडक र सदन आन्दोलन एकसाथ चलाइरहेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आक्रमणको प्रयास भएको छ ।

काठमाडौंको बिजुलीबजारमा प्रचण्डलाई लक्षित गरी ढुंगा प्रहार भएको हो । प्रचण्ड भने जोगिएका छन् । सुरक्षा गार्ड प्रहरीका मनोज थापाले प्रचण्डलाई हानिएको ढुंगा आफै थापेका थिए । बन्दकर्ताले हानेको ढुंगा लागेर प्रचण्डसँगै आएका एमाओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ र सभासद् अनिता परियार लगायत केही घाइते भएका छन् । शर्माको टाउको फुटेको छ ।