– गणेश पाण्डे
नेपाली जनताको आशाको केन्द्र संविधानसभामा सोमबार मध्यरातमा एमाओवादीका सभासद्ले गरेको वितण्डाले आज हामी सम्पूर्ण नेपालीको शिर निहुरिएको छ । देश विदेशका संचारमाध्यम र सामाजिक सञ्जालका लागि नेपालको संविधानसभा सनसनीपूर्ण खबर बनेर छाइरहेको छ । जनताको अभिमत कुल्चने र संविधानसभा भवनमा लज्जास्पद कार्य गर्ने यस्ता सभासद् र तिनका नेतृत्वलाई कुरीकुरी भन्ने बाहेक अरु अब केही बाँकी रहेन् ।
केपी ओली भन्दा प्रचण्ड नै बलिया होलान् । प्रतिद्वन्द्वीसँग लड्ने कला पनि प्रचण्डले युद्धका क्रममा सिकेर आएकै होलान् । तर, कपालमा टल्किने ‘जेल’ हाल्दै कोट पाइन्टमा ठाँटिए पनि प्रचण्ड भन्दा पछिल्ला दिनमा त्यही ‘रोगी’ केपी ओलीकै वरिपरि नेपालको राजनीति घुमेको थियो । अर्थात केपी ओली नेपाली राजनीतिको मियो बनेर उभिएका थिए । मानिसले तर्कले नजितेपछि गर्ने त्यही हो, जुन प्रचण्डले गरे । ओलीको तर्क र अडानसँग डराएका प्रचण्डले प्रतिकारका नाममा ओलीमाथि नै आक्रमण गर्दा उनको असली रुप जनताले फेरि एकपटक हेर्ने मौका पाएका छन् ।
















प्रतिक्रिया