लुम्बिनी, ६ माघ । एमाओवादी गायत ३० दलीय मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण भारत तथा तेस्रो मुलुकबाट पैदल मार्ग हुँदै नेपाल भित्रिने पर्यटक सास्तीमा परेका छन् ।
भगवान् गौतमबुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि नेपाल–भारत नाका वेलहिया हुदै नेपाल प्रवेश गरेका पर्यटकहरु समस्यामा परेपछि रुपन्देही प्रहरीले स्कटिङ गरेर लुम्बिनीसम्म पु¥याइएको प्रहरीले जनाएको छ । पैदल मार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रने नाकाका रुपमा रहेको वेलहियाबाट दैनिक सयौँको संख्यामा पर्यटक आउने गर्दछन् ।
पर्यटक सीमाना वेलहियामा पर्यटकहरु अलपत्रमा परेपछि प्रहरीले स्कटिङ गरेर लुम्बिनीसम्म पु¥याएको रुपन्देही प्रहरी प्रवक्ता रमेश पोखरेले जनाकारी दिनुभयो । वैदेशिक रोजगारी गरी भारतबाट फर्किने नेपाली समेत बन्दको कारण वेलहिया सीमानामा अलपत्र परेका छन् ।
सिद्धार्थ एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टका अध्यक्ष सागर अधिकारीले नेपालमा बन्दको शृङ्खला बढेपछि तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा कमी आएको बताउनुभयो ।
















प्रतिक्रिया