काठमाडौँ, ६ माघ । सवारीसाधन तोडफोडमा संलग्न १८ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजधानीको बिभिन्न ठाउँमा पार्कीङ गरेर राखेको बस, ट्याक्सी तोडफोड गर्दै गर्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बन्दकर्ताले संञ्चारकर्मीमाथि पनि हातपात गरेका छन् । राजधानीको बिजुलीबजारमा युएनको ७१०२२३ नम्बरको मोटरसाइकल बन्दकर्ताले तोडफोड गरेको दृश्य खिच्दै गर्दा एसोसिएट प्रेस (एपी)का पत्रकार उपेन्द्रमान सिंहलाई कुटपिट गरेका छन् । त्यस्तै राष्ट्रिय समाचार समितिका पत्रकार भीष्मराज ओझाको रेकर्डरसमेत बन्दकर्ताले खोसेर लगेका छन् ।
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा, नेकपा माओवादी र पदमरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले गरेको नेपाल बन्दको कारण राजधानी लगायत देशभरको जनजिबन प्रभावित बनेको छ भने नागरिकहरु त्रसीत बनेका छन् ।















प्रतिक्रिया