९२ बर्षीय इराकका एक वृद्ध मुसली मोहम्मद अल मुजामीलो २२ बर्षकी एकजना युवतीसँग बिहे गरेका छन् । मुसली पेशाले किसान क्षेत्रका एकजना धनाढ्य व्यक्ति हुन् । उनको पहिलो श्रीमतीबाट १६ वटा बच्चाबच्ची समेत भइसकेका छन् । उनले आफ्नो पहिलो श्रीमतीसँग ५८ बर्ष बिताइसकेका छन् । उनले २२ बर्षकी एकजना युवतीसँग फेरि विवाह गरेका छन् । अचम्मको कुरा के छ भने उनले आफ्नो विवाह पनि दुई नातिहरूको विवाह सँगसँगै सम्पन्न गरे । दुई नातिहरू उनीहरूको उमेर १६ र १७ बर्षको छ । यस विवाहमा चार घण्टासम्म नाचगान समेत चलेको थियो ।













प्रतिक्रिया