२९ आश्विन २०८३, बिहिबार

एनआरएन अमेरीकामा चुनावी सरगर्मी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

???????????????????????????????

विजय थापा

न्यूयोर्क । अमेरिकाको सदस्यता व्यापक वृद्धि गर्ने अभिप्रायको साथ ह्वाईट हिमाल टेलिभिजनको एक साप्ताहिक दकार्यक्रमले डिसी महानगर क्षेत्रमा सामुहिक चिरफार कार्यक्रम सम्पन्न गरेको छ ।

गैर आवासीय नेपाली संघ अमेरिकामा गत बर्ष बिजयी भएका कार्यकारी समितिले गरेको चुनावी प्रतिबद्धता र कर्यान्वयनको विषयमा छलफल केन्द्रित भएको थियो । एनआरएन युएसएले नौ महिनाको दौरानमा हाँसिल गरेको उपलब्धी र कमजोरीको विषयमा समेत सवालजवाफ भएको थियो ।

गत बर्ष म्यारिल्याण्डबाट अमेरिकी सभासदको लागि उम्मेदवारी दिएका नेपाली मुलका एच बि भण्डारीले मानिसहरु खुशिको लागि भन्दा पनि विषेश अर्थको लागि बाँच्नुपर्ने बताउनु भियो । कार्यक्रममा संघका बरिस्ठ उपाध्यक्ष लोकनाथ तिवारीले आगामी मार्च २१ र २२ मा साधारण सभा हुने जानकारी दिनुभयो । महासचिब कृष्ण पोख्रेलले बन्द कोठा जस्तो रहेको एनआरएन झांगिनुको वारेमा चर्चा गर्नुभएको थियो । उता साहित्यकार बासु श्रेष्ठले भने एनआरएनको परिचय पत्र शुल्क नै महंगो भएको गुनासो गर्नुभयो ।

???????????????????????????????

भ्रमणको क्रममा अमेरिका रहेका राप्रपा नेपालका केन्द्रिय सदस्य राजेन्द्र लिंग्देलले आफ्नो पार्टीको बारेमा जानकारी दिनुभएको थियो । युवा पींढीको प्रतिनिधित्व गर्दै १४ बर्षिय लोकेश तिवारीले आफु अमेरिकामा जन्मेको भएता पनि नेपालकै माया लाग्ने बताउनुभयो ।

कार्यक्रममा अधिवक्ता दुर्गा भुर्तेल र बिनोद रोकाले एनआरएन अमेरिकाको बिधान संसोधनको बिषयमा जानकारी दिनुभयो । भने महिलाको प्रतिनिधित्व गर्दै बोस्टनकी सामाजिक कार्यकर्ता बिष्णु माया परियारले एनआरएनमा महिला प्रतिनिधि पनि हुनु पर्ने बताउनुभयो । उहाले एनआरएनमा समेत महिलामाथि विभेधपूर्ण व्यवहार गरिनु दुःख दभएको तकए गर्नुभयो । उता विश्व बन्धु प्रसाईले एनआरएनमा प्रवेश गर्न राजनीतिक दलको सदस्यता त्यागेर आउन सुझाव दिनुभयो ।

कार्यक्रमा डिसी महानगर क्षेत्र भन्दा बाहिरी राज्यका संचारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । संचारकर्मी सूर्य थापाले औपचारिक र शैलेश श्रेष्ठले सम्प्रेषण कार्यक्रम संचालन गर्नुभएको थियो ।