३० आश्विन २०८३, शुक्रबार

देश र जनता कि प्रचण्डका लागि ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raj-Kumar-Shrestha

– राजकुमार श्रेष्ठ (बीबी)

हिजोको जस्तो अबस्था छैन आज, प्रचण्डका लागि । किनकी त्यतिबेला प्रचण्डमा जनमत थियो, संविधानसभा र संसदमा सुविधाजनक बहुमत थियो । सरकार र सत्ता थियो । जनताको विश्वास थियो । तर आज प्रचण्डमा त्यो अवस्था केही छैन । त्यही भएर आफ्नो नेतृत्वमा संविधान बनाउन नसकेको आत्मरतिले प्रचण्डलाई पोलेको छ । संविधान जारी गरेर एमाले- काँग्रेसलाई संविधान निर्माणको जस दिने काम प्रचण्डले गर्न सक्दैनन् । त्यही मनोगत भावनाको कुण्ठित आवाज नै हो, अहिलेको सडक आन्दोलन ।

जातिय राज्यको मागवाट प्रचण्ड पछाडि नहटी धरै छैन । पहिलो संविधान सभामा जारी गर्न नसकेको संविधानसभा, दोश्रो संविधानसभामा आइपुग्दा घटेको ओजमा आफ्नो एजेण्डा सवै लागू गर्न खोज्नु प्रचण्डको बालपन शिवाय अन्य केही पनि हुन सक्दैन । प्रचण्डको यो रोदनलाई नेपाली जनता र अन्य राजनीतिक दलहरुका नेताहरुले राम्रोसँग बुझेका छन् । जति संविधान घोषणा गर्ने दिन नजिकिँदै जान्छ, आन्दोलनले प्रश्रय पाउँदै जान्छ, यद्यापि यसको कुनै पनि अर्थ छैन ।