२९ आश्विन २०८३, बिहिबार

नेपाली पोर्तुगिज समाजद्वारा नर्बेमा भब्य साँकृतिक कार्यक्रम सम्पन्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan Nepal Norvya– मोहन नेपाल

ओस्लो । नेपाली पोर्तुगिज समाज नर्बेले २५ डिसेम्बरका दिन राम सासको हलमा आफ्नो प्रथम वर्षिक साधारण सभा तथा विविध साँस्कृति कार्यक्रम गरी भब्य रुपमा सम्पन्न भएको छ ।

एनआरएनका कार्यबाहक अध्यक्ष कुमार पण्डितले पानसमा बत्ति बाली सम्पन्न सो साधारण सभाको सभापतित्व प्रेम परियारले गर्नुभएको थियो ।

जन्मभूमि र कर्म भूमिको विशेष पहिचान, सबै मिलि समाजको सेवा गर्ने हाम्रो अभियान भन्ने मूल नाराका साथ प्रथम साधारण सभा कार्यक्रम उद्घाटन र बन्द सत्र गरी दुई चरणमा राखिएको थियो ।

समाजका महासचिव रत्न प्रसाद सापकोटाले संचान गर्नुभएको कार्यक्रममा महासचिवद्वार वर्षिक प्रतिवेदन र नारायण पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । छलफलपछि प्रतिवेदनहरू सर्बसम्मत पारित भएका छन् ।

नर्बेमा स्थापित नेपालीहरुको सामाजिक संस्था गैर आवासीय नेपाली संघ र अन्य सामाजिक संस्थाका प्रतिनिधि, नेपालबाट आउनु भएका नेपाली कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे तथा टेकराज पौडेल, जनसम्पर्क समिति स्पेनका निवर्तमान अध्यक्ष चिन्तामणि सापकोटा अतिथिलगायत करिब १५० को संख्यामा सहभागी उक्त हलमा समाजको अबधारणमा पर्ने सबै लार्इ आबद्व हुनु पर्ने धारणा राख्दै सम्पूर्ण उपस्थितिलाई सालिग्राम आर्यालले स्वागत गर्नु भएको थियो ।

समाजका अधक्ष्य हरि बहादुर बानियाले नेपालबाट पठाउनु भएको कार्यक्रम सफलताको शभकामना पढेर सुनाइएको थियो ।

समाजको कार्य समितिमा सचिवमा नारायण सिंह थापा, सदस्य ट्रेसी अर्याल ज्ञानेन्द्र लामा र प्रकाश बराललाई सदस्यमा थप गरी कार्य समिति बिस्तार गरिएको छ ।

प्रेम परियारले सभा विसर्जनका क्रममा आफ्नो धारणा राख्दै साधारण सभामा उपस्थित सबैमा आभार ब्यक्त गर्नुभएको थियो ।

उहाँले नर्बेमा स्थापित नेपाली समाजसंग भाइ चारको नाताले एकताबद्व भइ समाजको सेवा गरौ गर्ने प्रतिबद्वता ब्यक्त गर्दै सबैको लागि अग्रेजी नयाँ वर्षको सुख, शान्ति एबम सम्ब्रिदिको हार्दिक शुभकामना समेत ब्यक्त गर्नुभयो ।

सभा बिसर्जन पछि नेपाली परिकारको स्वादमा रमाउदै नेपाली सांस्कृति झल्कने खालका बिभिन्न संगीतमा पुरुष महिला तथा बाल नृत्य गरी भरपुर मनोरंजन लिदै कार्यक्रम समाप्त गरिएको थियो ।

सांस्कृति कार्यक्रम मोहन नेपाल र सुरेश सापकोटाले संचालन गर्नु भएको थियो ।

कार्य समितिका पदाधिकारीहरु

१. अध्यक्ष्य हरि बहादुर बानिया

२. उपाध्यक्ष प्रेम परियार

३. उपाध्यक्ष, मोहन नेपाल

४. मह सचिव रत्न प्रसाद सापकोटा

५. सचिव नारायण सिंह थापा

६. कोषाध्यक्ष विकाश दवाडी

सदस्यहरु

मोहन बश्याल, भुवन श्रेष्ठ, जीवन शाही, प्रकाश बराल, बिष्णु प्रसाद सापकोटा , ट्रेसी अर्याल, माया खड्का र जय प्रसाद मैनालीsuresh

Norvya Mohan Nepal