काठमाडौं, ३ माघ । एकीकृत नेकपमा माओवादी नेता बाबुराम भट्टराई तथा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल तथा उनको कार्यशैलीप्रति असहमति प्रकट गर्न थालेका छन्।
संविधान निर्माणको समयसीमा नजिकिँदा दाहालको नेतृत्वमा हुन लागेको आन्दोलनलाई लिएर श्रेष्ठले र नेतृत्वको कार्यशैलीलाई लिएर भट्टराईले ‘घुमाउरो भाषा’मा असहमति प्रकट गरेका हुन्।
पछिल्ला दुई दिनभित्र क्रमशः श्रेष्ठ र भट्टराईले लिखित रुपमै असहमति व्यक्त गरेका छन्।
भट्टराईले शुक्रबार संविधानसभाको पूर्ण बैठकमा दिएको मन्तव्यमार्फत ‘युद्धकाल र यद्धोत्तर अवस्थाको नेतृत्व’ प्रसंग जोड्दै दाहाल र उनको नेतृत्वशैलीको आलोचना गरेका हुन्।
नेतृत्व प्रणालीका विषयमा पनि चर्चा चल्ने गरेको उल्लेख गर्दै भट्टराईले युद्ध र द्वन्द्वोत्तरकालको नेतृत्व प्रणाली फरक हुनुपर्ने स्पष्ट पारेको समाचार नागरिक दैनिकले छापेको छ ।
आफ्नै पार्टी अध्यक्ष दाहालको नेतृत्वमा जारी आन्दोलनप्रति उपाध्यक्ष श्रेष्ठले भने सामाजिक सञ्जालमार्फत नै आपत्ति प्रकट गरेका छन्।
‘आन्दोलनका लागि आन्दोलन हुनुहुँदैन, आन्दोलन नै सबै कुरा होइन’ श्रेष्ठको भनाई छ,‘आन्दोलनको लक्ष्य महत्वपूर्ण हुन्छ, हाम्रो आन्दोलन९बन्द, हड्तालमात्रै आन्दोलन हुन्छ भन्ने पनि होइन को लक्ष्य अहिलेसम्म संघर्षबाट प्राप्त उपलब्धी संस्थागत गर्नेगरी संविधानसभाबाट सहमतिका आधारमा संविधान निर्माण गर्न दबाब दिनु हो भन्ने कुरा स्पष्ट हुनुपर्छ।’















प्रतिक्रिया