२९ आश्विन २०८३, बिहिबार

‘कमरेड भाउजू’ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

comrade-vauju-book-cover

लन्डन । लन्डन निवासी कथाकार कृष्ण बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक गरिएको छ ।

कम्युनिष्ट दर्शनका प्रवर्तक कार्ल माक्र्सको लन्डनमा अवस्थित समाधिस्थलबाट कथाकारले उक्त पुस्तक सार्वजानिक गरेका हुन् । सङ्ग्रहका कथाहरु विदेशी भूमिमा रहेका नेपालीहरुको वरिपरि घुमेका छन् । माओवादी जनयुद्धका क्रममा विस्थापित भएका, विदेश पलायन नेता तथा कार्यकर्ताहरुका कथा ब्यथालाई मुख्यरुपमा उठाईएको छ । उक्त सङ्ग्रमा केही यौन मनोवैज्ञानिक र यथार्थवादी कथा छन् । ति कथाले नेपाली डायोस्पोरामा देखिएको परिवार विघटन, विचलन जस्ता पेचिला समस्याका बारेमा सचेत गराएको छ ।

तेह्रवटा कथा रहेको उक्त सङ्ग्रहलाई शब्दार्थ प्रकाशन काठमाडौंले बजारमा ल्याएको हो । लामो समयदेखि डायोस्पोराबाट नेपाली साहित्यमा कलम चलाउँदै आएका बजगाईंको यो पाँचौं कृति हो ।