दुबाईले गगनचुम्बी भवन र रात्रीकालिन जीवनका कारण धेरैलाई आकर्षित गरेको छ । तर, यहाँ पनि यस्ता कयौं अनौठा नियमहरु छन् जसलाई पालना गर्नुपर्ने बाध्यता छ । यस्तै केही रोचक कुराहरु यहाँ प्रस्तुत गरिएको छः
विवाहअघि सेक्स प्रतिबन्ध
दुबईमा विवाहभन्दा अघि सेक्स गर्नुलाई अवैद्य मानिन्छ । यदी विवाह अघि सेक्स गर्दा पक्राउ पर्नुभयो भने तपार्ईंलाई जेलको साथै निर्वासित पनि गर्न सकिन्छ । यद्यपि, बन्द कोठाभित्र के हुन्छ भन्ने बारेमा सरकारलाई त्यति वास्ता नभए पनि । विवाहअघि खुलेआम हात पक्डेर हिनेको वा किस खाँदे गरेको भेटिएमा जेल सजाय हुनसक्छ ।
अपराध शुन्य प्रतिशत
ठूला सहरमा अपराधका घटनाहरु धेरै हुन्छ । तर दुबईमा भने अपराध लगभग शुन्य प्रतिशत छ । त्यहाँ रहेको कडा कानुनले गर्दा अपराध कम भएको बताइन्छ । त्यहाँको प्रहरीसँग पेट्रोलिङका लागि फरारी गाडी समेत रहेको छ ।
विश्वको सबैभन्दा अग्लो भवन
विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफाको लागि चर्चित रहेको दुबई विश्वमा सबैभन्दा चाँडो फैलिरहेको सहर हो । विश्वमा भएका क्रेनहरु मध्ये २० प्रतिशत दुबईमा रहेको छ । सन् २००९ त्यहाँ मेट्रो शुरु गर्दा ४२ वटा स्टेसन मात्र १८ महिनामा तयार गरिएको थियो । त्यहाँ समुद्रमा मानव निर्मित पाम टापु समेत तयार गरिएको छ ।
कर्जा दिइँदैन
दुबईमा कसैलाई कर्जा नदिने प्रावधान रहेको छ ।














प्रतिक्रिया