१ कार्तिक २०८३, शनिबार

नेपालीहरूलाई फलफूल होइन मदिरा प्यारो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Photo: © Europen Parliament/P.Naj-Oleari pietro.naj-oleari@europarl.europa.euकाठमाडौं, २ माघ । शरीरको आवश्यकताअनुसार दैनिक फलफूल तथा तरकारी खाने नेपालीको संख्या कुल जनसंख्याको एक प्रतिशत मात्र छ ।

तर, दैनिक मदिरा पिउनेको संख्या भने औषत तीन प्रतिशतभन्दा बढी छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले विश्व स्वास्थ्य संगठनको सहयोगमा सन् २०१३ मा गरेको ‘नसर्ने रोगको जोखिम पक्ष’को सर्वेक्षणमा दैनिक मदिरा सेवान गर्नेको संख्या बढी देखिएको छ ।

स्वास्थ्य हुन आवश्यक फलफूल तथा तरकारी नखाने, तर शरीरलाई हानी गर्ने मदिरा सेवन गर्ने बढी भएकाले विभिन्न रोगको जोखिम बढाएको निष्कर्ष अनुसन्धानको छ ।

नेपालको कुल जनसंख्या दुई करोड ६६ लाख छ । ९८ दशमलब ९ प्रतिशत जनसंख्याले आवश्यकताअनुसार दैनिक फलफूल नखाने अनुसन्धानले देखाएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. खेमबहादुर कार्कीका अनुसार फलफूल तथा तरकारी सेवन दर बढाउनुपर्नेमा कम र रक्सीको सेवनदर घटाउनुपर्नेमा बढी हुँदा उल्टो भएको छ ।

यसले मुटु, क्यान्सर, मधुमेह तथा उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या बढाएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।