२८ आश्विन २०८३, बुधबार

ऊँटलाई कपडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ut Camelयुएई । संयुक्त अरब इमिरेट्सस्थित युएई एलसिबला कम्पनीले ऊँट र घोडाका लागि स्पोट्स वियर र अन्य लग्जरी प्रोडक्ट्स उत्पादन गर्ने गरेको छ ।

कम्पनीले उत्पादन गरेका ऊँट र घोडाका यस्ता सामग्री विभिन्न देशमा निर्यात हुने गरेको छ ।

यस्ता सामग्री बनाउन संसारमै ख्याति कमाएको यो कम्पनीले हालसालै ऊँटका लागि फिटिङ लुगा लन्च गरेको छ ।

यो प्रोडक्ट्सलाई मध्यपूर्वमा ऊँटपालकले ज्यादै रुचाएका छन् ।

कम्पनीका रिसर्च एन्ड डेभलपमेन्ट प्रमुख एनी वाल्टरले घोडालाई लगाइने कपडाबाट सिकेर आफूहरूले ऊँटका लागि यस्तो पहिरन बनाएको बताइन् ।

‘संसारभरि रेसिङ हर्सलाई यस्तो खालको स्ट्रेचिङ र फिटिङ सुट लगाइदिने गरेको छ ।

यस्तो पहिरन लगाएपछि घोडाको पर्फम्यान्स पनि राम्रो हुने गरेको पाइएको छ ।

घोडालाई लगाउन मिल्छ भने ऊँटलाई किन नमिल्ने भनेर हामीले ऊँटका लागि यस्तो पहिरन उत्पादन गरेका हौँ ।’

यस्तो लुगा लगाउँदा ऊँटको रक्त सञ्चार अझ सहज हुने र शरीरलाई बढी अक्सिजन प्राप्त हुने भएकाले यसबाट ऊँट फूर्तिलो बन्ने उनले बताइन् ।