काठमाडौ, २ माघ । विपक्षी दलहरुले आन्दोलन घोषणा गरर बन्द हड्तालजस्ता कार्यक्रम गर्न थालेपछि सुरक्षा निकायले विशिष्ट ब्यक्तिहरुको सुरक्षामा विशेष ध्यान दिन थालेको छ ।
गृह मन्त्रालय एकीकृत सुरक्षा योजना अन्तर्गत विशिष्ट ब्यक्तिहरुको सुरक्षाका लागि नेपाल प्रहरीलाई विशेष ध्यान दिन निर्देशन दिएपछि मंगलवारदेखि नै प्रधानमन्त्रीदेखि सरकारी ओहदाका विशिष्ट ब्यक्तिको सुरुक्षामा ध्यान दिएको छ ।
गृह मन्त्रालयले जातीय सद्भाव कायम गर्ने अभिब्यक्ति दिने तथा जातीयता, क्षेत्रीयता तथा धार्मिक विषयमा विभिन्न अभिब्यक्ति दिने नेता, लेखक तथा टिप्पणीकारको समेत सुरक्षामा ध्यान दिन निर्देशन दिएको छ ।
संघीय संरचना, संघको नामांकन, राज्यको संरचना, धर्म लगायतका विषयमा अगाडि आएका सवै अवधारणा संविधानमा नआउँदा असन्तुष्ट समूह विरोधमा उत्रिन सक्ने भएकाले पक्ष, प्रतिपक्षका कार्यकर्ताहरुबीच झडप हुँदा विशिष्ट ब्यक्ति समेत असुरक्षित हुने मन्त्रालयको विश्लेषण छ ।
काठमाडौ बाहिर रहने तथा आउ/जाउ गर्ने प्रधानमन्त्रीदेखि सभासद्का ब्यक्तिहरुको विषयमा सुरक्षा निकायले ध्यान दिने जनाएको समाचार आजको राजधानी दैनिकले छापेको छ ।















प्रतिक्रिया