काठमाडौं, २ माघ । नेपाल प्रहरीको माथिल्लो तहका बढुवा सिफारिसमाथिको उजुरी लोकसेवा आयोगले नहेर्ने भएको छ ।
प्रहरी नियमावली संशोधनमा परामर्श नलिएको भन्दै आयोगले उजुरीमाथि छानबिन नगर्ने जनाएको छ ।
प्रक्रिया पूरा नगरी प्रहरी नियमावली संशोधन गरिएकाले लोकसेवा आयोगले प्रहरी बढुवामाथि परेका उजुरी नहेर्ने आयोगकी अध्यक्ष डा. कयोदेवी यमीले बताएकी छन् ।
उनले भनिन्, ‘नियमावली संशोधन गर्दा हामीलाई थाहै दिइएन्, अबदेखि प्रहरी बढुवाका उजुरीमा हामी छानबिन गर्दैनौं ।’
नयाँ प्रहरी नियमावलीअनुसार नेपाल प्रहरीको एआइजी, डीआईजी र एसएसपी बढुवामा लोकसेवा आयोगको अध्यक्षले उजुरी सुन्ने समितिले छानबिन गर्ने व्यवस्था रहेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।















प्रतिक्रिया