१ कार्तिक २०८३, शनिबार

खाडी मुलुकमा एक वर्षमा साढे पाँच सयको मृत्यु, मृत्यु हुनेमा वीस महिला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khadi Ma Nepali Majdur Haru Kam Gardaiदोहा (कतार), २ माघ । वैदेशिक रोजगारका लागि खाडीका ६ देश आएका नेपालीमध्ये एक वर्षभित्र ५ सय ४९ जनाको मृत्यु भएको छ । त्यसमा २० महिला छन् ।

खाडीस्थित नेपाली दुतावासका अनुसार सन् २०१४ मा उनीहरूको ज्यान गएको हो ।

सबै देशमा अघिल्ला वर्षका तुलनामा मृत्यु हुनेको संख्या भने घटेको छ । अघिल्ला वर्ष ६ सय बढीको ज्यान गएको थियो ।

सबभन्दा बढी ज्यान जानेमा साउदी अरबमा २ सय ४९, कतारमा १ सय ४९, युएईमा ६३, कुबेतमा ४१, बहराइनमा १३ र ओमनमा १० जना छन् ।

तीमध्ये कुबेतमा १०, युएईमा ७, साउदीमा २ र कतारमा एक जना महिलाको मृत्यु भएको छ ।

साउदी अरबका लागि नेपाली राजदुत उदयराज पाण्डेले साउदीमा मृत्यु हुने बढी जसो विषाक्त मादक पदार्थ खानेहरु रहेको बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘सुतेकै सुते हुने स्थिति छ । उनीहरु बढीजसो विषाक्त मादक पदार्थ सेवा गर्छन्’, पाण्डेले भने, ‘त्यसपछि सडक दुर्घटना र कार्यस्थलमा काम गर्दा गर्दै मृत्यु हुने गरेको पाइएको छ ।’

यो वर्ष पनि कतारमा मृत्यु हुनेहरू प्रमुख कारण सुतेको सुत्यै छ ।

दुताबासका अनुसार मृत्यु भएका १ सय ७३ मध्ये ७७ जना प्राकृतिक मुत्यु (सुतेको सुत्यै) भएको छ भने सडक दुर्घटना २० र कार्यस्थल मृत्यु १९ जना रहेको छ ।

कतारको निर्माणधीन प्रोजेक्टहरुमा सुरक्षा मापदण्ड कडा भएकोले कार्यस्थलमा मृत्यु हुनेको सख्या न्युन भएको हो ।

खाडीमा कामदारमा आत्महत्या गर्ने स्थिति भने बढिरहेको छ । यो प्रवृत्ति साउदीमा झन बढी छ ।

‘पारिवारिक तनाब र अन्य कारणले उनीहरु चाहने बित्तिकै स्वदेश फिर्न पाउदैनन्’, पाण्डेले भने, ‘त्यसो हुदाँ कतिपय कामदार आत्महत्या गर्न पुग्छन् ।’

खाडीस्थित सामाजिक रुपमा क्रियाशील संस्थाका अगुवाहरु भने सोचेको जस्तो सपना पुरा नहुने र ऋणको भारमा थिचिने अबस्था पनि कामदारको आत्महत्या गर्नुको अर्को कारण भएको बताउँछन् ।

कतारमा कार्यरत नेपाली डाक्टर नरेन्द्र शाक्य खाडीमा मृत्युदरलाई घटाउन सकिने स्थिति रहेको बताँउछन् ।

‘धेरैजसोले आफ्नै स्वास्थ्यप्रति ध्यान नपुर्‍याउँदा अकालमा ज्यान जाने गरेको स्थिति देखिन्छ’, उनले भने, ‘खाडीमा आउँदा मुटु मात्रै राम्रोसँग जचाएर श्रम स्वीकृति दिने हो भने प्राकृतिक भनिने मृत्युदरलाई कम गर्न सकिन्छ ।’

खाडीमा झन्डै १५ लाख नेपाली कार्यरत रहेको अनुमान छ ।

कुन देशमा कति मृत्यु ?

साउदी अरबमा- २४९

कतार – १७३

कुबेतमा – ४१

युएई – ६३

बहराइनमा- १३

ओमनमा – १०