३० आश्विन २०८३, शुक्रबार

प्रचण्डले अब रोज्नुपर्छ- माधव नेपाल जस्तो बन्ने कि ज्ञानेन्द्र जस्तो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Radha-Krishna-Deuja

राधाकृष्ण देउजा / समाचार टिप्पणी 

भनिन्छ, बेलामा सही निर्णय लिन नसक्दा थुप्रैले आफ्नो भविष्यलाई अन्धकारतर्फ धकेल्छन् । नेपालको वर्तमान राजनीतिलाइ नियाल्ने हो भने विभाजित भएपनि एकीकृत भनिने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यही गर्दैछन, जानेर वा नजानेर काकताली परेर भएपनि नेपालको राजनीतिमा सृजित आफ्नो स्थान झन झन गुमाउंदै छन् ।

माओवादी हार्दा देशमा रक्तपात हुने धम्की सम्पूर्ण जनतालाई दिइयो, जसको परिणाम पहिलो संविधानसभामा माओवादी ठूलो दल बन्न पुग्यो । संयोगमै भएपनि उनको सामु मुलुक बनाउने अवसर आएको थियो, तर उनले त्यसलाई सदुपयोग गर्न सकेनन् वा जानेनन् र परिणामतः अहिले उनीसँग दुइटा विकल्प छन् : पहिलो आफ्नो गलत निर्णय र व्यवहारलाइ सच्याउने र भविष्य उज्यालो बनाउनेतर्फ लाग्ने र दोश्रो गलत नै भएपनि आफ्नो निर्णयमा अडिग हुने र राजनीतिक रुपमा समाप्त हुने ।

अब प्रचण्डले रोज्नुपर्छ उनी जनताको पक्षमा उभिने र आफ़ूलाई फेरी राजनीतिको केन्द्रमा ल्याउन निरन्तर जनताको सेवा गर्ने माधव नेपालको जस्तो जनपक्षीय राजनीतिज्ञ हुने कि गलतनै भएपनि आफ्नै राग अलाप्ने ज्ञानेन्द्र जस्तो बादशाह बन्ने र छिट्टै सक्किने ?