इटहरी, १ माघ । रोटरी क्लब इटहरीले माघे सङ्क्रान्तिका अवसरमा इटहरी उपमहानगरपालिका¬–२२ का सीमान्तकृत ५० परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।
रोटरी क्लबको सीमान्तकृत परिवारसँग माघी पर्व मनाउने योजनाअनुसार आज तत्कालीन पकली गाविस–९ लविपुरका सीमान्तकृत गरिब परिवारलाई न्यानो कपडा र कम्बल प्रदान वितरण गरिएको हो ।
यसैगरी, भुइँमा ओछ्याउन प्रयोग गरिने दरी, टोपी, भुजा र तिलको लड्डुसमेत ती परिवारलाई बाँडिएको थियो ।
न्यानो र नयाँ कम्बल पाएपछि सीमान्तकृत समुदायका श्यामवती सदा, ढोडनी सदा, पञ्चु ऋषिदेव, रामकुमार सदा, बद्री सदालगायतको अनुहारमा खुसियाली छाएको थियो ।















प्रतिक्रिया