८ कार्तिक २०८३, आइतबार

चिर्पट प्रहार गरी हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, १ माघ । नुवाकोटको विदुर नगरपालिका वडा नं ८ राइसिङको क्यौरिनी चौतारामा चिर्पट प्रहार गरी गएराति एकको हत्या गरिएको छ ।

चिर्पट प्रहारद्वारा मृत्यु हुनेमा चारघरे गाउँ विकास समिति वडा नं ८ मूलाबारीका २१ वर्षीय सजित तामाङ रहेका छन् । आपसी विवादका कारण हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

चिर्पट प्रहार गरी हत्या गर्ने विदुरनगरपालिका वडा नं ८ राइसिङका सोमबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिएको छ ।

उता, आज बिहान नुवाकोटकै तारुका गाउँ विकास समितिको बुधसिङघाटमा एक बेवारिसे शव फेला परेको छ । अन्दाजी २०÷२१ वर्षका युवाको त्रिशूली नदी किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । शव जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।