८ कार्तिक २०८३, आइतबार

माघी मनाउन संविधानसभाकोे बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bicc1काठमाडौं, १ माघ । संविधानसभाको आजका लागि बोइलाइएको बैठक स्थगित भएको छ ।

संविधानसभाको मङ्गलबार बसेको बैठकले अर्को बैठक आज १ बजे बस्ने गरी तय गरेको थियो ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा बसेको राजनीतिक दलका सचेतकको बैठकले भोलिका लागि तय गरेको बैठक माघ २ गते शुक्रबार बिहान १० बजे बस्ने गरी निर्धारण गरेको अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।

विभिन्न राजनीतिक दल, सभासद् र समुदायले आज माघेसङ्क्रान्ति परेकाले संविधानसभाको बैठक सार्न सभाध्यक्षलाई आग्रह गरेका थिए । सो आग्रहका कारण बैठक शुक्रबारका लागि सारिएको हो ।