
काठमाडौं, १ माघ । बस बिसौनीबाहेक अन्य ठाँउमा सवारी रोके ट्राफिक प्रहरीले एक हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ ।
सवारीसाधन मात्र होइन, यात्रुलाई पनि कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
पहिलो चरणमा ललितपुरको लखनखेलदेखि कुपन्डोल सडकमा यस्तो नियम मंगलबारदेखि लागू भएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
सो रुटमा १० बस विसौनी स्थापना गरिएको र यसबाहेक क्षेत्रमा सवारी रोक्नेलाई कारबाही गर्न थालिएको महानगरीय ट्राफिक प्रहरी वृत ललितपुरका प्रमुख प्रहरी निरिक्षक सीताराम हाछेथुले बताए ।















प्रतिक्रिया