१ कार्तिक २०८३, शनिबार

राजश्व अनुसन्धान विभागबाट श्रम जान मानेनन् सुवेदी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bharat Subediकाठमाडौं, १ माघ । मन्त्रिपरिषदको निर्णय, सामान्य र अर्थ मन्त्रालयको आदेश भए पनि सहसचिव भरत सुवेदीले राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकबाट श्रम मन्त्रालयमा फिर्ता हुन अस्वीकार गरेका छन् ।

श्रम मन्त्रालयले पठाएको काजका आधारमा सुवेदी अर्थ मन्त्रालय मातहतको राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक भएका थिए ।

तर, सामान्य प्रशासन मन्त्रालयले श्रमबाट राजस्व अनुसन्धान विभागमा गरिएको काज सरुवा गैरकानुनी भएको जिकिर गर्दै फिर्ता गर्न निर्देशन दिइसकेको छ ।

सामान्य प्रशासनले सुवेदीलाई राजस्व अनुसन्धान विभागमा काज सरुवा गर्ने निर्णय अवैधानिक भएको भनेपछि

श्रमले उनलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा पदस्थापना गर्ने निर्णय गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

अर्थमै बस्ने रुचि भएका सुवेदीले श्रम मन्त्रालयको पुस २२ को निर्णय अटेर अर्थमै बस्दै आएका छन् ।

श्रम मन्त्रालयले आफूले काज सरुवा गरेका सुवेदीलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा सरुवा गर्दा पनि नआएको जानकारी गराएपछि अर्थको प्रशासन विभागले उनलाई खटाएकै ठाउँ (वैदेशिक रोजगार विभाग) मा जान बुधबार लिखित पत्राचार गरेको छ । राजस्व अनुसन्धान विभागको प्रशासन महाशाखाले उनको रमानापत्रसमेत तयार गरिसकेको थियो ।

तर, राजस्व अनुसन्धान विभागको प्रशासन शाखाले सुवेदीलाई रमानापत्र बुझाउन लाग्दा महानिर्देशक बालकृष्ण घिमिरेले रोकेको जानकारी स्रोतले दिए ।

प्रशासन शाखाले तयार गरेको रमानापत्र खोसेर घिमिरेले सुवेदीलाई विभागको उपमहानिर्देशकमा राखिराख्न खोजेको स्रोतले बतायो ।