काठमाडौँ, १ माघ । सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस र नेकपा (एमाले) ले प्रक्रियामार्फत संविधान निर्माणको कार्यलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको दुई दलको बैठकमा आगामी शुक्रबार बस्ने संविधानसभा बैठकमा प्रक्रियालाई कसरी अघि बढाउने भन्नेबारे छलफल गरेका हुन् ।
प्रक्रियामार्फत संविधान लेखन कार्यलाई कसरी अगाडी बढाउने र आगामी बैठकमा कसरी प्रस्तुत हुने भन्ने तयारी स्वरूप छलफल भएको एमाले उपाध्यक्ष भीमबहादुर रावलले राससलाई जानकारी दिनुभयो ।
बैठकले संविधान निर्माणको संवेदनशील घडीमा विपक्षीदलहरूको आन्दोलनका कार्यक्रमले सहमतिको वातावरण बिगारेको भन्दै त्यस्ता गतिविधि बन्द गरी सहमतिमा आएर संविधान निर्माणलाई सार्थक तुल्याउन आग्रह गरेको छ ।
“यो आन्दोलनले सहमतिको वातावरण बिगार्छ यसले कसैलाई पनि फाइदा पुग्दैन, वार्ता र सहमतिको माध्यमबाट बेमेलका विषयलाई टुङ्गो लगाउ भनेर हामीले बारम्बार भन्दै आएका छौँ पुनः दोहो¥याउछौँ आन्दोलन छोडेर सहमतिको प्रक्रियामा आउनुस् ।” उपाध्यक्ष रावलले भन्नुभयो ।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत दुवै दलका अन्य नेताहरूको सहभागिता थियो ।
















प्रतिक्रिया