
काठमाडौँ, ३० पुस । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले संवैधानिक समितिको प्रतिवेदनलाई ‘फास्ट ट्रयाक’बाट पारित गराएर भए पनि माघ ८ गते भित्रै संविधानको मस्यौदा तयार गर्ने निष्कर्ष निकालेका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ती दलका शीर्ष नेताको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्द र हड्तालबाट सहमतिको संविधान नआउने भएकाले माघ ८ गते नै संविधान ल्याउने गरी दुई दल अगाडि बढ्ने निष्कर्षमा पुगेको सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।
प्रश्नावली बनाएर अघि बढ्दा थप समय लाग्ने भन्दै ती दलले फास्ट ट्रयाकबाट अघि बढ्ने निष्कर्ष निकालेको बताएका छन् । बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित काँग्रेस र एमालेका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।















प्रतिक्रिया