८ कार्तिक २०८३, आइतबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala Congressकाठमाडौं, ३० पुस । एमाओवादीसहितका विपक्ष मोर्चाले संविधानसभा बैठक बहिष्कार गरे लगत्तै परिवर्तित अवस्थाका बारेमा छलफल गर्न प्रमुख सत्तारुढ दल कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।

दिउसो एक बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नयाँ संविधानका विषयमा छलफल हुने कांग्रेस नेता डा.शेखर कोइरालाले जनाएका छन् ।

संविधान जारी गर्ने समय नजिकिँदै गर्दा दलहरूका बीच विवाद बढीरहेका बेला कांग्रेसले आफ्ना सभासदहरूसँग परामर्श गर्न थालेको हो ।

एमाओवादी, मधेसी मोर्चासहितका दलहरूले मंगलबार संविधानसभा बैठक बहिष्कार गरेका थिए । उनीहरूको बहिष्कारका बाबजुद पनि संविधानसभा बैठक बसेको थियो ।