– विजय थापा
न्यूयोर्क, ११ जनवरी । अमेरिकाको न्यूयोर्कको ज्याक्सन हाइटस्थित सत्यनारायणमन्दिरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले शताव्दी पुरुष डा.सत्यमोहन जोशीको सम्मान तथा कवि शिरोमणी लेखनाथ पौडेल, कवि भूमि शेरचन र वरिष्ठ उपन्यासकार लैनसिह बाङदेलको जन्मजयन्ती कार्यक्रम भव्य रुपमा आयोजना गरेको छ ।
जनवरी ११ आइतबार भएको कार्यक्रम च्याप्टरका अध्यक्ष विकास विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगबाट उपनियोग प्रमुख सेवालम्साल तथा उपबाणिज्यदूत प्रवीन भट्टराईको उपस्थिति थियो ।
विशिष्ट अतिथिमा शताव्दी पुरुष सत्यमोहन जोशी समारोह समिति अमेरिकाका अध्यक्ष तथा अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष गीता खत्री, अनेसास केन्द्रीय उपाध्यक्ष राम खत्री , केन्द्रीय सल्लाहकार कमला प्रसाइ हुनुहुन्थ्यो ।
अतिथिमा कोषाध्यक्ष गीता पन्थ, नेजस अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, आर्टिस्ट यसोसियसनका अध्यक्ष गम्बु शेर्पा, समाजसेवी तारा निरौला, बिना कोइराला, न्यू योर्क च्याप्टरका पूर्व अध्यक्ष ज्योति पौडेल र पुनम काफ्ले हुनुथ्यो ।
सामुहिक रुपमा नेपाली राष्ट्रिय गाना गाएर सुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिले पानसमा बत्ति बाल्दै स्रस्टाहरूको तस्बिरमा पुष्प अर्पण गरी कार्यक्रमको सुरुवात गर्नु भयो ।
उपस्थित साहित्यकारहरुलाई अनेसास न्यूयोर्क च्याप्टरका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत गर्नु भएको थियो ।
अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
कार्यक्रम दुई चरणमा विभाजित थियो । पहिलो कार्यक्रममा शताव्दी पुरुष डा सत्यमोहन जोशीको छोटो परिचय गीता खत्रीले प्रस्तुत गर्दै उहांको सम्मानमा तयार पारिएको सम्मानपत्रलाई पढेर सुनाइ डा. जोशी समक्ष पु-याइदिन अनेसासका आजीवन सदस्य विना कोइरालालाई हस्तान्तरण गर्नु भएको थियो ।
कविशिरोमणी लेखनाथपौडेलको जीवनीको संक्षिप्त परिचय प्रतिध्वनीका प्रमुख सम्पादक धनीराम सापकोटाले प्रस्तुत गर्नु भएको थियो ।
कवि भूपी शेरचन र वरिष्ठ उपन्यासकार लैनसिहं वाङदेलको जीवनीको संक्षिप्त विवरण पत्रकार प्रदीप थापामगरले प्रस्तुत गर्नुभएको थियो ।
न्युयोर्कमा बसेर साहित्य सिर्जनामा संलग्न रहि कम्तिमा एउटा पुस्तक प्रकाशित गरिसक्नु भएका सबै सर्जकहरुलाई सम्मान स्वरुप पूmलका गुच्छा र एक सेट डायरी र कलम उपहार प्रदान गर्दै अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष विष्टले स्रष्टाहरुलाई सम्मान गर्नु भएको थियो ।
सम्मानित हुनु हुनेहरुमा सेखर ढुङेल ,प्रदीप थापा, बिष्णुमाया परियार, गीता खत्री, कमला प्रसाइ, पुन्डरी अर्याल, पुनम काफ्ले, ज्योती पौडेल, बिना कोइराला र गीता पन्थ हुनुहुन्थयो ।
अनेसास न्यूयोर्क च्याप्टरले शुभारम्भ गरेको यो पहिलो परम्परा हो ।
यसै अवसमा साहित्यकार शेखर ढुंगेलको परिवर्तनका लागि विवेकशीलता नामक कृतिको समिक्षा विष्णु बैजुले गर्नु भएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा उपस्थित स्रष्टाहरुले आआफ्नो कविता बाचन गर्नु भएको थियो । बाचन गर्नुहुनेहरुमा गीता खत्री, कमला प्रसाइ, पुन्डरी अर्याल, पुनम काफ्ले, ज्योती पौडेल, बिना कोइराला, बिकास बिष्ट, सहदेव पौडेल, शान्ता घिमिरे, शकुन्तला ज्ञवाली, बिजया सिम्खडा, अशोक के सी, कृष्ण पाण्डे, बन्धु पोख्ररेल, जित कुँवर, पूर्णिमा जी सी, पुष्पा बुढा, श्रीनीती रिजाल, लक्ष्मी श्रेष्ठ, कुन्ती थापा र माधव हुनु हुनथ्यो । शोभा गौतम, पुन्डरी अर्याल, बिमला तिमिल्सेना र बिजया सिम्ख्डालाई अनेसासको आजीबन सदस्यता बितरण गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिले अनेसासले नेपाली भाषा साहित्यको लागि विदेशमा बसेर धेरै कार्यहरु गरिरहेको भन्दै सराहना गर्नु भयो ।
आर्थिक सहयोग बाहेक अन्य कुराको सहयोग गर्न नेपाल सरकार सदा तयार भएको कुरा बताउनु भयो ।
लामो समयसम्म आफ्ना अमूल्य समय दिएर कार्यक्रमको शोभा बढाइ दिनु भएकोमा सम्पूर्ण उपस्थिति महानुभावहरुलाई कोषाध्यक्ष सुनिता शर्माले धन्यवाद ज्ञापन गर्नुभयो ।
अन्तमा अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष विकास विष्टले कार्यक्रममा उपस्थित सबै साहित्यकार र साहित्यप्रेमी सबैलाई धन्यबाद दिदै साहित्यकारहरुबाटै तयारगरिएको स्वादिष्ट खाना खान अनुरोध गर्दै सभा बिसर्जन गर्नु भयो ।
३ घण्टासम्म चलेको उक्त कार्यक्रममा साहित्यकार, पत्रकार तथा आम नेपाली दाजु भाई दिदी बहिनीहरूको बाक्लो उपस्तिथी रहेको थियो ।
कार्यक्रमको सञ्चालन च्याप्टर सदस्य शकुन्तला ज्ञवाली र महासचिव बन्दना कोइरालाले गर्नुभएको थियो ।

















प्रतिक्रिया