८ कार्तिक २०८३, आइतबार

बाबुरामले हामी असफल भयौँ भन्दै सभामुखलाई बुझाए पुरानै प्रतिवेदन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburamकाठमाडौँ, २९ पुस ।  संवैधानिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले  संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसमक्ष पुरानै प्रतिवेदन बुझाउनु भएको छ ।

बाबुरामले विवादको पुरानै विवरण राखेर प्रतिवेदनमा सभामुखलाई बुझाउनु भएको हो । सोमबार बेलुकासम्म दलहरुबीच सहमति जुटन् नसकेपछि  संविधानसभाको मंगलबारको बैठकमा समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।

दलहरु संविधान लेखनका विवादमा सहमति खोज्न अन्तिम पटक दिइएएको थियो ।

त्यसमा पनि दलहरु असफल भएपछि विवादको विवरणसहितको पुरानै प्रतिवेदन संविधानसभामा पेस गर्ने निर्णय भएको हो। दलहरुबीच अहिले पनि संघीयता, राज्य पुनर्संरचनालगायतका विषयमा विवाद छ ।