काठमाडौँ, २९ पुस । एनेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चा र नेकपा–माओवादीले छुट्टाछुट्टै रुपमा गरेको मध्यक्षेत्र बन्दका कारण उपत्यकाको जनजीवन प्रभावित हुन पुगेको छ ।
बन्दका कारण विद्यालय, कलकारखाना, यातायातका साधनहरु चल्न सकेका छ्रैनन् । बन्द थाहा नपाएर कतिपय सर्वसाधारण र यात्रु तथा सवारी चालकहरु बीच बाटोमा नै अलपत्र परेका छन् ।
काठमाडौंको महाराजगञ्जबाट संघीय समाजवादीका उपमहासचिव अजम्बर काङबाङसहित ४३ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
यसैबीच बन्द गराउँदै हिँडेका त्रिचन्द्र क्याम्पसका आठ विद्यार्थीलाई क्याम्पस अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएकोे अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य डिबी साउदले जानकारी दिए । कोटेश्वरबाट वसन्त रार्इ, राकेश किराती, सूर्य पाैडेल, इन्द्रहाङ रार्इ, रविन बस्नेत, सन्दिप रार्इलगायतलार्इ पक्राउ परेका छन् ।
बन्द खुलाउन राजधानीको मुख्य चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रर्दशनमा क्रममा भएको झडपमा तीन जना घाइते भएका छन् ।
















प्रतिक्रिया