पुरानो र नयाँको लफडामा पर्नु ब्यर्थ छ। शब्दहरुको अर्थान्तरण समयक्रममा बदली दिनेहरूको कमी छैन। कोही ऐतिहासिक, लाक्षणिक र बिवेकसम्मत परिभाषा गर्छन्, कोही आफ्नो जिद्दीको पक्षमा जबरजस्ती गर्छन् । यदाकदा जिद्दीपनले जितेको भाषिक इतिहास पनि छ।
सय वर्ष अघिको अभिलेख सम्झियो भने तराईको सबभन्दा पुरानो मध्ये एक क्षेत्र हो, सप्तरी ।त्यसको सीमाना अहिले भन्दा विस्तारित थियो । कोशी नदिमा बाँध बनाउनु अघि सषडा, लालापट्टी लगायत पारिका नेओर लगायत गाउँहरु कोशी नदीको डुबानमा पर्ने गर्थे। अहिलेको सुनसरी, सप्तरीका अधिकांश क्षेत्रबाट बाढीको पानी घट्दै गर्दा सात तह देखिन्थ्यो । सबभन्दा माथिल्लो देखि सबभन्दा पछिल्लो वा तल्लो तहलाई सप्त–तरी भनियो । भाषिक इतिहास जान्ने सबैलाई थाहा छ, तरीबाट अप्रभंश भएर होइन कि विकसित भएर नदिहरुका विभिन्न तरीलाई तराई भनिन्थ्यो । म मधेसले बासिन्दा, तरीले भूगोल र तराईले पनि बासिन्दा नै जनाउँछ। मध्यदेशी भन्नाले सुरुमा गुजरातबाट आएका मानिस बुझिन्थ्यो। उनीहरू ब्यापार गर्ने क्रममा आएका थिए। राणाकालमा राजस्थान तिरबाट आएका ब्यापारी र मारवाड, गुजरात, बंगाल तिरबाट आएका सबैलाई मारवाडी भन्न थालियो । बंगालबाट १९५०–५१ पछि डाक्टर , शिक्षक बोलाएर ल्याउन थालिएपछि भने आम जनतामा बंगाली पहिचान बेग्लै रुपमा स्थापित भयो । जो जो आए, यहाँ नाफा, रोजगारीका लागि आएको भएतापनि रहँदा बस्दा पुस्तौँका नेपाली भए। कोशी प्रोजेक्टमा काम गर्न ०२६ सालतिर आएका ईन्जिनियर, ठेकेदारहरु यतै बसे। ऊ बेलाको बिहारको तुलनामा नेपाल शान्त, सुरक्षित थियोे र बसे। अब ती सबै अरु सरहका नेपाली हुन । यस अर्थमा कि उनीहरुको फर्कि जाने पितृथलो छैन। झगडा चाहिँ तिनले मच्चाई रहेका छन् जो पारीको नक्कली अहम जताउँछन। जसले ‘पहाडी महिला’ संग प्रेम बिवाह गरेका छन् तथापि पत्नीको माईत र सन्तानको मावललाई तथानाम गाली गुफ्ता गरिरहन्छन्। सन्तानका लागि सबभन्दा प्रिय आमा हुन्छन भन्ने समेत हेक्का नराख्नेले मातृभूमि को के सम्मान गर्ला ? भन्ने शंका यस कारण पनि बढेको होला।














प्रतिक्रिया