डडेल्धुरा, २८ पुस । एकीकृत माओवादीसहितको ३० दलीय मोर्चाले आव्हान गरेको बन्दको डडेलधुरामा प्रतिकार भएको छ । प्रतिकारपछि बन्द समर्थक पछाडि हटेपछि सदरमुकाम खुलेको छ । मुख्य बजारसहित तुफानडाँडा, खलंगा, कीर्तिपुरसहितका सबै बजार व्यवसायीको प्रतिकारपछि खुलेको स्थानीय व्यवसायीहरुले बताएका छन् ।
मोर्चासम्बद्ध नेता तथा कार्यकर्ताहरुले जर्वजस्ती बजार बन्द गराउन खोजेपछि स्थानीय व्यवसायी र सर्वसाधारणले नारा जुलुस गर्दै प्रतिकार गरेका थिए । प्रतिकारमा उत्रेका स्थानीय र बन्दकर्ताबीच झडप नभएपनि केही समय बजारमा तनाव सिर्जना भएको थियो । ३० दलीय मोर्चाले आह्वान गरेको भनिएपनि बन्द गराउँदै हिँड्नेमा एमाओवादी कार्यकर्तामात्रै देखिन्थे ।















प्रतिक्रिया