काठमाडौं, २८ पुस । सत्तारुढ दल एमालेले राज्य पुनर्संरचनाका विषयमा सात प्रदेशको बटमलाइनलाई नछाड्ने निर्णय गरेको छ ।
काठमाडौंमा आज बसेको एमाले संसदीय दलको बैठकले कांग्रेससँगको सहमतिमा अघि सारिएको सात प्रदेशको प्रस्तावलाई बटमलाइनका रुपमा लैजाने निर्णय गरेको हो । उसले कांग्रेससँगको सहमतिअनुसार अघि सारिएको प्रस्तावलाई केन्द्रमा राखेर अन्य दलहरुसँग अडानका साथ छलफल गर्नुपर्ने सुझाव दिएको छ ।
बैठकमा सभासदहरुले हिमाल, पहाड र तराईलाई मिलाउने गरेर संघीय राज्य बनाउन सुझाव दिएका जनाइएको छ । नेता माधव नेपालले दलहरुका बीच भएको वार्ता र प्रगतिका बारेमा सभासद्हरुलाई जानकारी गराउनु भएको थियो ।
















प्रतिक्रिया