सन्तोष कुमार
एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको मोर्चाले आह्वान गरेको आमहड्तालका क्रममा सोमबार सिरहाको लहानमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा पूर्व मन्त्री राजलाल यादबसहितका छ जना घाइते भएका छन् । पूर्वमन्त्री यादवको खुट्टामा गम्भीर चोट लागेकोले लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा भर्ना भएका छन् । अवस्थालाई नियन्त्रणमा लिन प्रशासनले लहानमा जिल्लाको अन्य क्षेत्रबाट सुरक्षाकर्मी बोलाएको छ ।
















प्रतिक्रिया