काठमाडौं, २८ पुस । एमाओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको क्रममा प्रहरीले जनकपुरमा गोली चलाएको छ । प्रहरीको गोलीबाट मोर्चाका कार्यकर्ता राजाराम झाको मृत्यु भएको एमाओवादीले जनाएको छ ।
प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारी घाइते भएको बताइएको छ । यता, सिरहाको लहानमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा पूर्वमन्त्री राजलाल यादव, तमलोपाका नेता राकेश झा, एमाओवादी केन्द्रीय सदस्य हरिनारायण झा सहित नौ जना प्रदर्शनकारी घाइते भएको पत्रकार सन्तोष यादवले जनाएका छन् ।















प्रतिक्रिया