२८ आश्विन २०८३, बुधबार

काभ्रेमा यौन आशक्तिपछि जोगीले आफ्नै लिंग काटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Arjun-silwal-jogi

काभ्रे । काभ्रेमा यौन आशक्तिपछि एक जोगीले आफ्नै लिंग काटेका छन् ।

काभ्रे जिल्लाको मण्डन महादेवस्थान–३ स्थित कश्यपेश्वर महादेवको मन्दिरका जोगी अर्जुनकुमार सिलवालले ‘म अब स्वामी हुन सकिनँ, मेरो मन विचलित भयो’ भन्दै आफ्नै लिंग छेदन गरेका छन् । ‘त्यागमय जीवन भोग गरिरहेको समयमा लिंगले डगमगाउन खोज्यो’ भन्दै ती जोगीले हँसियाले आफ्नो लिंग छेदन गरेका हुन् ।

सत्ययुगमा महादेवकी श्रीमती सतीदेवीको मृत्युपश्चात् नाभी पतन भएको स्थानमा निर्मित महादेव मन्दिरमा श्रीस्वस्थानी व्रतकथाको प्रारम्भ भएकै दिन अर्थात् पौष शुल्क पूर्णिमाको दिन पारेर उनले आफ्नै लिंग छेदन गरेका हुन् । उनले आफू महादेवको भक्त भएको र स्त्री जातिको सम्मान गर्ने समयमा स्त्रीप्रति नकारात्मक सोच पलाउनुमा आफ्नो लिंग नै दोषी भएकाले त्यसलाई छेदन गरेको सुनाए ।

५० वर्षीय जोगी सिलवाल आमा र बुबाको देहान्तपछि शिवभक्त बनेका हुन् । पशुपतिमा करिब २० वर्षको सेवापश्चात् ६ वर्षअघि उनी महादेवस्थानस्थित मन्दिरमा आएका थिए ।