३० आश्विन २०८३, शुक्रबार

कालिका मन्दिरको साधरणसभा सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kalika-mandirशक्तिखोर २७ पुस । शक्तिखोर–८ मा रहेको कालिका भगवती मन्दिर व्यवस्थापन समितिको दोश्रो साधरणसभा सम्पन्न भएको छ ।

साधरण सभाले मन्दिरको व्यवस्थापनको लागि जीर्ण वनेको कालिका मन्दिरको पूर्ननिर्माण गर्ने, धार्मिक वनमा वृक्षारोपण गर्ने, मन्दिरको आम्दानी बढाउन बनभोज स्थाल बनाउने निणर्य गरेको अध्यक्ष इमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला वन कार्यायका सहायक वन अधिकृत बन्धुराम महतो प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा कोषाध्यक्ष प्रविण प्रसाद बास्तोलाले आर्थिक बर्ष २०७०/७१ को आयव्याय विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा मन्दिरका आजिवन सदस्यहरुलाई सदस्य प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष श्वर बहादुर अधिकारी,समितिका सचिव दिपक ढुंगाना,शक्तिखोर गाविसका सचिव अर्जुन पंगेनी,प्रचारप्रसार समितिका संयोजक लेखनाथ भट्ट,पत्रकार शिशिर सिंखडा लगायतले वोल्नुभएको थियो ।

कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इमप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।