३० आश्विन २०८३, शुक्रबार

हो–हल्ला गर्ने भए कुस्ती खेल्ने ठाउँमा जाऔँः ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

10933777_401041130052208_4629494905000124100_nकाठमाडौँ, २६ पुस ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माण जस्तो सम्वेदनशील कुरामा आलु–प्याज किने जस्तो बार्गेनिङ नगर्न विपक्षीहरुलाइृ आग्रह गर्नुभएको छ ।

एमाले मुख्यालय मदननगर बल्खुमा शनिबार पार्टीको धारणा सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले  एमाओवादी र केही मधेश केन्द्रित दलप्रति संकेत गर्दै यस्तो आग्रह गर्नुभएको हो । उहाँले केही व्यक्तिले होहल्ला गरेका भरमा संविधान निर्माण प्रक्रिया अवरुद्ध नहुने पनि प्रष्ट पार्नुभयो ।

‘संविधान आलु–प्याज किन्दा एउटाले ५० रुपैयाँ भन्ने, अर्काले ६० भन्ने र ५५ मा मिल्ने, कुरो होइन,’ उहाँले भन्नुभयो, ‘भौगोलिक अखण्डता, सार्वभौमसत्ता र जातीय सदभावबारे कोही सकैसँग, एमालेले कुनै सम्झौता गर्दैन ।’

उहाँले एमाओवादी र मधेश केन्द्रित दलहरुलाई जनताले दिएको स्थानमा बस्न र हो–हल्ला नगर्न पनि आग्रह गर्नुभयो । ‘रक्तपात र होहल्ला गर्ने भए संविधानसभामा होइन, कुस्ती खेल्ने ठाउँमा जान सकिन्छ,’ ओलीले भन्नुभयो, ‘जनताले संबिधान खोजेका हुन्, प्रक्रिया खोजेका होइनन्, त्यसैले १०–२० जनाले हो–हल्ला गरेका भरमा संविधान निर्माण प्रक्रिया रोकिन्न ।’

उहाँले आफुलाई प्रधानमन्त्री बन्ने हतारो नभएको भन्दै त्यस्तो हतारो भएको भए उहिल्यै अडान छाडिसक्ने दाबी पनि गर्नुभयो ।