३० आश्विन २०८३, शुक्रबार

जनप्रगतिशील मञ्च युएईको बनभोज कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janapargati-sangनिमकान्त पाण्डे
दुबई ।  नयाँ बर्ष २०१५ को शुभकामना आदन–प्रदानसहित  प्रवासमा छरिएर रहेका नेपाली  श्रमिकहरुलाई समेटने उदेश्यले नेपाली जनप्रगतिशील मंच  युएईले आगामी जनवरी १६ तारिकका दिन बनभोज कार्यक्रमको  आयोजना गरेको छ ।

युएईमा छरिएर रहेका प्रगतिशील बिचार लिएकाहरुलाई  समेट्ने गरि गर्न लागिएको पिकनिक कार्यक्रममा नँया वर्षको शुभकामनासहित कार्यक्रमलाई साँगठनिक,आपसी छलफल,बहस गरी  सबैमा सद्भाव साथै बैचारिक प्रशिक्षण समेत दिईने मंचका अध्यक्ष हेमन्त पौडेलले जनाएका छन ।

युएईको (फुजेरा नजिकै) मुसाफि भन्ने ठाउमा गर्न लागेको यस कार्यक्रम प्रवासमा रहेका नेपाली श्रमिकहरुबीच सद्भाव र हातेमालो गर्न कोसेढुंगा साबित हुने र बैचारिक कार्यक्रम सहितको प्रशिक्षणले संगठनलाई नँया उचाईमा पुर्याउने कार्यक्रम संयोजक शम्भु वाईबाको धारणा रहेको छ।