३० आश्विन २०८३, शुक्रबार

सुशील, केपी र प्रचण्डको पालामा संविधान जारी हुने सम्भावना निकै कम छः भिमार्जुन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhimarjunकाठमाडौ, २५ पुस । संविधानविद् भिमार्जुन आचार्यले माघ ८ मात्र होइन, संविधानसभाबाटै संविधान जारी नहुने खतरा रहेको बताउनु भएको छ ।

‘अहिने नेपालका राजनीतिक दलहरु संविधान प्रक्रियामा गएर गर्ने कि सहमतिमा भन्ने बहसमा अलमलिएका छन्,’ उहाँले दैनिक नेपालसँग विषेश कुराकानीका क्रममा भन्नुभयो, ‘अहिले यस्तो विषयमा बहस गर्ने बेला होइन, धेरै पछि गर्ने कुरा अहिले गरेर संविधान जारी नगर्ने बाटोतिर दलहरु लागेका छन् ।’

उहाँले विश्वका धेरै देशहरुमा समयावधी नाघेपछि संविधान जारी गर्ने सन्र्दभमा समस्या भएको उदाहरण दिदैँ नेपालले पनि त्यही दुर्गति भोग्नु पर्ने बाध्यता आउन सक्ने संकेत गर्नुभयो ।

‘नेपालका नेताहरु इमान्दार र क्षमतावान नभएकाले यस्तो दुर्गती जनताले भोग्नु परिरहेको छ,’ उहाँले भन्नुभयो,’ ‘नेपालका राजनीतिक दलमा र संविधानसभामा पनि सक्षम र इमान्दार नेताको अभाव भयो ।’

राजनीतिक दलहरुको बुझाईको कमीले पनि संविधान निर्माण प्रक्रियामा अवरोध भएको उहाँले ठोकुवा गर्नुभयो । ‘संविधान भनेको जनताको दस्तावेज हो,’ आचार्यले भन्नुभयो, ‘नेपालका राजनीतिक दलहरु संविधानलाई आ–आफ्ना दलका घोषणापत्र बनाउन लाग्नु भएको छ, त्यसले पनि समस्या भएको छ ।’

त्यसैगरी उहाँले नेपालमा जातिय संघीयता असंभव भएको दाबी गर्नुभयो ।  उहाँले यही अवस्था रहिरहने हो भने बर्तमान नेताहरुको अगुवाइमै संविधान जारी हुने संभावना निक्कै कम रहेको समेत उहाँले तर्क गर्नुभयो ।  ‘उहाँहरुले संविधान जारी गर्नुभयो भने मात्र राष्ट्रिय नेताको छवी बनाउन सक्नुहुन्छ,’ आचार्यले भन्नुभयो ।

उहाँले अहिले दलहरुबीच भएका बहसलाई निरर्थक बहसको संज्ञा दिनुभयो । ‘अहिले पनि नेताहरुले माघ ८ मा संविधान जारी हुन्छ भनेर जनतालाई ढाँटिरहेका छन,’ उहाँले भन्नुभयो । आचार्यसँगको अन्तर्वार्ता केही दिनमा प्रकाशित गरिनेछ ।