३० आश्विन २०८३, शुक्रबार

किन पुगे भारतीय राजदूत ओली निवासमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-with-ranjit-rey-indian

भक्तपुर, २४ पुस । मधेशी दलका नेताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर विरोध गरिरहेका बेला भारतीय राजदूत रञ्जित रे ओली निवास बालकोट पुगेका छन् ।

बालकोटस्थित ओली निवासमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको भेटवार्ता पौने दुई घन्टा चलेको थियो । एमाले अध्यक्ष ओली र राजदूत रे बीच नेपालको वर्तमान राजनीतिक जटिलताका बारेमा छलफल भएको बताइएको छ । माघ ८ मा संविधान जारी गर्नेबारेमा छलफल भएको र दलबीचको सहमतिका विषयमा पनि छलफल भएको बताइएको छ ।

भारतीय राजदूत रे माघ ८ मै संविधान जारी गर्नुपर्ने पक्षमा रहनुभएको बताइएको छ । अध्यक्ष ओली र मधेसी मोर्चाबीच सम्बन्ध बिग्रिएको बेलामा भएको राजदूत रेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । वार्तामा भारतीय राजदूत रेले संविधान निर्माण र सहमतिका लागि भएका प्रयासका बारेमा जिज्ञासा राखेको बताइएको छ ।

वार्तामा सकेसम्म सहमतिबाटै संविधान जारी गर्ने, सहमति नभएमा प्रक्रियाबाट संविधान जारी गर्नेबारेमा समेत कुराकानी भएको बताइएको छ ।